• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकारमा बस्ने – नबस्ने बारे रास्वपाले २ दिन पछि निर्णय गर्ने

  • खबरदाता

सरकारमा बस्ने – नबस्ने बारे रास्वपाले २ दिन पछि निर्णय गर्ने

माघ १९, २०७९

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ ।

बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर यस्तो निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता मुकुल ढकालले बैठक जारी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले कुर्ने निर्णय गरेको बताए ।

‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल गर्‍यौँ । ३९ जना सबैले भनाइ राख्नुभयो । बैठक बसिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रका संयोजक केपी ओलीको फोन आयो । र दुवैले सन्देश पनि पठाउनुभयो । उहाँहरूले दुई दिनको समय माग्नुभयो’, प्रवक्ता ढकालले भने, ‘त्यसलाई ध्यान दिएर २ दिनपछि निर्णय गर्ने सहमति भयो ।’

उनले २ दिनभित्र संयन्त्रको बैठक बसेर सकारात्मक जवाफ नआए जस्तोसुकै निर्णय गर्न सकिने बताए ।

  • प्रकाशित मिति : माघ १९, २०७९, बिहीवार २०:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८