• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद आज टुंगिदै, नागरिक नठहरिए बरखास्त हुने

  • खबरदाता

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद आज टुंगिदै, नागरिक नठहरिए बरखास्त हुने

माघ १३, २०७९

 

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद आज टुंगिदै, नागरिक नठहरिए बखास्त हुने
काठमाण्डौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकताको हैसियतका विषयमा आज संभवत फैसला गर्ने छ ।

रिट निवेदक र प्रत्यर्थीतर्फका कानुन व्यवसायीको बहस सकिई रिट निवेदकका कानुन व्यवासयीले आज जवाफी बहस गरेपछि संभवतः आजै संवैधानकि इजलासले फैसला जारी गर्नेछ ।लामिछनेले अमेरिकी नागरिकता लिएपछि स्वतः निस्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट लिएको, पार्टी खोलेको, सांसदमा उम्मेदवारी दिएको र गृह तथा उपप्रधानमन्त्री बनेको अवस्थामा एउटा गम्भीर प्रश्न उठेको छ । के खारेज भएको गृहमन्त्रीको नागरिकता स्वतः ब्यूँतिएको छ ?

विदेशी नागरिकता लिएपछि स्वतः खारेज भएको नेपाली नागरिकता विदेशी नागरिकता परित्याग गरेपछि पनि स्वतः नब्यूँतिने र ब्यूँत्याउनका लागि जिल्ला प्रशासन कार्यालयमा विदेशी नागरिकता खारेजी गरेको प्रमाण सहित निवेदन दिएपछि प्रमूख जिल्ला अधिकारीले नागरिकता ब्यूँतिएको निर्णय गर्नुपर्ने स्पष्ट छ ।

नागरिकता ऐन, २०६३ मा दफा १० ले नेपाली नागरिकता कस्तो अवस्थामा कायम रहन नसक्ने भन्ने व्यवस्था गरेको छ, जस अन्तर्गत उपदफा ९१० ले नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भनिएको छ ।

सोही दफाको उपदफा ९२० मा नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन भनिएको छ ।

उपदफा ९३० मा दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन भनिएको छ भने उपदफा ९४० मा कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र बर्ष उमेर पुगेको दुईबर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नुपर्नेछ ।त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भनिएको छ ।

उपदफा ९५० मा नेपालको कुनै नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले प्रचलित कानुन बमोजिम निर्णय गर्नेछ भन्ने व्यवस्था छ । गृहमन्त्री लामिछाने स्वेच्छाले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः समाप्त भइसकेको हो ।

अब नागरिकता त्यागेको नेपालीले पछि विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नै कायम गर्न चाहेमा पनि कस्तो कार्यविधि पूरा गर्नुपर्छ र त्यसको प्रक्रिया के हो भन्ने नागरिकता ऐन र नियमावलीले स्पष्ट व्यवस्था गरेको छ ।

ऐनको दफा ११ समेत यस सन्दर्भमा हेर्न आवश्यक छ । सो दफामा नेपाली नागरिकता त्यागेको नेपाली नागरिकले विदेशी नागरिकता त्यागेको अवस्थामा पुनः नेपाली नागरिकता कायम गर्न भने सक्ने व्यवस्था छ ।तर त्यसरी नागरिकता पुनः कायम गराउनुपर्ने निर्णय भने निवेदन परेपछि निश्चित प्रक्रिया पूरा गरेर हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ । सो दफा ११ मा भनिएको छः “कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।”

नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम प्रमूख जिल्ला अधिकारीले विदेशी नागरिकता त्यागी नेपाली नागरिकता पुनः कायम गर्न चाहने व्यक्तिको हकमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि पुनः निर्णय गरेर साविककै नागरिकताको विवरण सहित नागरिकताको प्रमाणपत्र जारी गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

नियमावलीको नियम ११ मा भनिएको छ, ९१० ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सा सहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय समक्ष अनुसूचि ११ बमोजिमको ढांचामा निवेदन दिनुपर्नेछ ।

उपनियम ९२० मा उपनियम ९१० बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूचि १२ बमोजिमको ढांचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरण सहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ भनिएको छ ।

यो प्रावधानको अर्थ स्पष्ट रुपमा के हो भने विदेशी नागरिकता त्यागेको देखिनुपर्ने, त्यागेको सूचना दिनुपर्ने र सो आधारमा पुरानै विवरण सहितको नागरिकता ब्यूँतिएको निर्णय प्रमूख जिल्ला अधिकारीले गर्नुपर्छ । विना निर्णय पहिल्यै निक्रिए भएको नागरिकता स्वतः ब्यूँतिने कदापी होइन ।यी प्रक्रिया पूरा नगरीकन गृहमन्त्री लामिछानेको पुरानो नागरिकता स्वतः ब्यूँतिन्छ कि ब्यूँतिदैन भन्ने आधिकारकि व्याख्याका लागि संवैधानिक इजलासलाई माघ ११ सम्म पर्खनुपर्ने नै छ ।

यो कानुनी व्यवस्थाको जगमा प्रमूख जिल्ला अधिकारीले गृहमन्त्री लामिछानेको नागरिकता कायम गर्न त सक्छन् । तर कायम गरेको निर्णय भने अहिलेसम्म अदालतलाई देखाउन भने सकेका छ्रैनन । त्यतिमात्रै नभई नेपालको नागरिकता ऐनले कुनैपनि व्यक्तिलाई दोहोरो नागरिकता लिनबाट बञ्चित गरेको छ ।

सार्क मुलुकका राष्ट्रहरुमा बस्ने नेपालीले बाहेक कुनै नेपालीले दोहोरो नागरिकता लिएमा स्वतः नेपाली नागरिकता रद्ध हुने उक्त ऐनको मकसद हो । सार्क मुलुकका नागरिकले समेत राजनीतिक आर्थिक र सामाजिक अधिकार प्रयोग गर्न पाएपनि सार्क बाहेकका अन्य मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक र सामाजिक अधिकार मात्रै प्रयोग गर्न पाउने संवैधानिक व्यवस्था नै हो । यसको अर्थ रवि लामिाछानेको नागरिकता कायम भएमा पनि राजनीतिक अधिकार प्रयोग गर्न नपाउने स्पष्ट छ।

ताजुवलाग्दो त के छ भने कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ, छैन भन्ने प्रश्न उठेमा सो को निर्णय गृह मन्त्रालयले गर्नेछ भनिएतापनि पुनः कायम गर्ने निर्णय प्रमूख जिल्ला अधिकारीले गर्नुपर्नेमा सो निर्णय प्रमूख जिल्ला अधिकारीले सर्वोच्च अदालतलाई देखाउन सकेका छैनन ।

एकातिर न प्रमूख जिल्ला अधिकारी नागरिकता ब्युतिएको निर्णय देखाउछन् सक्छन् अर्कोतिर विवादमा परेको व्यक्ति गृहमन्त्रीको पदमा बस्दा कन्फिल्क्ट अफ इन्ट्रेस्ट नभएको प्रष्ट पार्न सक्छन् । लामिछानेको नेपाली नागरिकता नब्यूँतिएसम्म उनी विदेशी नागरिक हुन । दोहोरो नागरिकता नै कायम रहेको अवस्थामा पनि सार्कमा बस्ने नेपाली नागरिकले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउँछन् राजनीतिक अधिकारमा बन्देज लगाइएको छ ।

नेपालको संविधान २०७२ को धारा १४ मा एकपटक गैरआवासीय नेपाली नागरिकता पाएको व्यक्तिे राजनीतिक अधिकार प्रयोग गर्नै पाउदैन । सो धारामा स्पष्ट भनिएको छ, “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।”

प्रश्नहरु गम्भीर छन् । सर्वोच्च अदालतबाट गृहमन्त्रीको नागरिकताका विषषयमा अन्तिम व्याख्या त आउँला नै, र गृहमन्त्रीको अवस्था पनि स्पष्ट होला । तर उनको नागरिकता रद्ध भएको प्रमाणित भई गृहमन्त्रीबाट खुस्किएमा भने उनले गरेका निर्णय के होलान र ?

  • प्रकाशित मिति : माघ १३, २०७९, शुक्रवार ०९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८