पुस २९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी थालेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन दलहरु अग्रसर भएका हुन् । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच दैनिक जसो छलफल हुने गरेको छ ।पुस ११ गत प्रधानमन्त्री प्रचण्डले त्यसैदिन आठ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । पहिलो चरणमा एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीका रूपमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रलायको जिम्मेवारी सम्हालिसकेका छन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिएर सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा सत्ता साझेदार दलहरू एकमत देखिन्छन् ।संविधानतः २५ सदस्यीय मन्त्रिमण्डल बढाउन नमिल्ने भए पनि सत्ता साझेदार दलहरूको सङ्ख्याका साथै मन्त्रीका आकांक्षी पनि धेरै भएकाले दलहरूलाई आकांक्षीहरुको व्यवस्थापन गर्न कठिन पर्ने देखिएको छ । अब १७ जना मन्त्री नियुक्त गर्न बाँकी छ ।
अहिलेसम्म सरकारमा जाने निश्चित भएका दलहरूमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी छन् । तर कुन पार्टीले कति वटा मन्त्रालय पाउने भन्ने दलहरुबीच सहमति हुन बाँकी छ ।
तर,एमालेले १० मन्त्रालय, माओवादीले प्रधानमन्त्रीसहित ६, रास्वपाले उपप्रधानसहित ४, राप्रपा २, जसपा १, जनमत १ र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय हुने गरी भागवण्डा गर्न मोटामोटी सहमती भइसकेको छ ।‘नेकपा एमालेले मन्त्रीबारे निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै दिएको छ । ककसलाई मन्त्री बनाउने भन्ने जिम्मा अध्यक्षलाई नै दिएको एमाले उपमहासचिव विष्णु रिमालले बताए । नेता रिमालका अनुसार यही मापदण्डमा गएमा अव थपिने मन्त्रीहरु अपवादबाहेक पदाधिकारीबाहेकका हुनेछन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८