• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह

  • खबरदाता

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह

पुस २०, २०७९

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभाबाट निर्वाचित शाह दलको नेतामा सर्वसम्मत भएका हुन् ।

 

शाहको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । थापा र देउवा दुबै संसदीय दलको नेतामा आकांक्षी थिए । दुबै आकांक्षीलाई समर्थक र प्रस्तावक राख्दै शाह सर्वसम्मत दलको नेता बन्न सफल भएका छन् ।

कांग्रेस संसदीय दलको नेतामा यी तीनजनाबाहेक दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट पनि आकांक्षी थिए । उनीहरुले पनि शाहलाई समर्थन गरेका छन् ।

  • प्रकाशित मिति : पुस २०, २०७९, बुधवार १६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८