• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

  • खबरदाता

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

पुस १८ ,२०७९

 

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष श्रेष्ठले एक नाबालिकलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसंगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।

वडा अध्यक्षलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिएन्।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

  • प्रकाशित मिति : पुस १८, २०७९, सोमवार ०७:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८