पुस १७,२०७९
चितवन – ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
चितवन प्रहरीका अनुसार आइतबार साँझ ६ बजेको समयमा भरतपुर – २९ केराबारी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा उक्त दुर्घटना भएको हो।
मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ६ ख ३३१२ नं.को ट्रकले बिपरीत दिशाबाट जादै गरेको बागमती प्रदेश ०३-००३प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक भानु ८ तनहुँका सन्जिब बहादुर रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८