पुस १७,२०७९
लायन्स क्लब चितवन चौतारी तथा यसले स्पोन्सर गरेका २३ वटा क्लबहरुको आयोजनामा यहि पौष १५ गते गोरखाको पालुुङ्गटारमा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
पालुङ्टार नगरपालिका वाड नं–८, गोरखा, स्थित धुँवाकोट स्वास्थ्य चौकी च्याङ्लीमा शिबिर सम्पन्न भएको हो । शिबिरबाट कुल ८८१ जना प्रत्यक्ष लाभ पाएका छन् । शिबिरबाट २ महिना देखि ८५ बर्षका बृद्धबृद्धा लाभान्बित भएको लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लालप्रसाद पौडेलले जानकारी दिए ।
शिबिर सम्पन्न गर्न चिकित्सकहरु डा.गंगा सापकोटा, डा.भावना वाग्ले , डा. शुशिल अधिकारी, डा.सरिता राना गुरुङ्ग, डा.आदित्य जलान, डा.अमित चौधरी, डा.कृपेश थापा, डा.शुनिल रानाभाट, डा.उन्नती जीसी, डा.सुरेश दिप, डा.नवराज लामिछाने, डा.बिवेक कंडेल, डा. दामोदर तिवारी लगायत २७ जना चिकित्सकहरु खटिएका थिए । २५ जना अन्य स्वास्थ्यकर्मी संलग्न शिबिरमा १७० बिरामीको भिडियो एक्सरे समेत गरिएको थियो ।
कार्यक्रममा जनरल सर्जरी, जनरल मेडिसिन, अर्थोपेडिक्स, गाईनोकोलोजी, दन्त रोग, नाक, कान, घाटी, बाल रोग बिशेषज्ञहरुबाट कुल ८८१ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । शिबिरमा आएका बिरामीलाई आवश्यक १२० भन्दा बढि प्रकारका औषधी, पौष्टिक आहार , साबुन र स्यानिटाईजर वितरण गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आरका डिष्टिक गर्भनर लायन सिदार्थ लाल चुकेज्यू थिए । कार्यक्रममा निवर्तमान डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्ट, द्धितिय गर्भनर लायन दिनानाथ न्यौपाने, सचिब लायन राजेन्द्र गौतम, लायन पूर्ण प्रसाद शर्मा, लायन भक्तीप्रसाद चालिसे, पालुङ्टार नगरपालिका मेयर बिवश चिन्तन, उपमेयर बन्दना पाण्डे र वाड अध्यक्ष होम बहादुर नेपाली रहेका थिए। कार्यक्रममा आयोजक लायन्स क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु र स्थानिय नागरिकहरुको समेत उपस्थिती रहेको थियो ।
त्यस्तै स्थानिय व्यवस्थापन लायन अभिमन्यु अधिकारी र लायन रक्षा रायमाझीले गरेका थिए । सो शिबिर सम्पन्न गर्न स्वास्थ्य चौकी, पालुङटार गोर्खा , नेपाल फार्मेसी संघ चितवन र कोशिश क्यान्सर सेन्टर, भरतपुर–१०, चितवनले सहयोग गरेका थिए । कार्यक्रम लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आर क्लष्टर नं ३ का चिफ बिनोद पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८