पुस ७, २०७९
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले गृहकार्य सुरु गरेका छन् । ४ मंसिरको चुनावबाट गठबन्धनको बहुमत आएपछि गठबन्धनभित्रका दलहरु आआफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका हुन् ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था छ । यहाँ कांग्रेस सबैभन्दा ठूलो दल रहेकाले यो दलबाट रणबहादुर रावल, गोविन्द बोहरा, बहादुर थापा र प्रकाश देउवा मुख्यमन्त्रीका आकांक्षि छन् । कांग्रेस १९ सिटसहित पहिलो छ ।
माओवादीले ११ सिटसहित दोस्रो छ ।
माओवादी केन्द्रबाट घोषित प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका दाबेदार छन् । कुनै बेला डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्दै आएका भट्ट यो पटक गठबन्धनको सहमति अनुसार प्रदेशमा झरेका थिए । उनी डडेलधुरा प्रदेश ९२० बाट निर्वाचित भएका छन् ।एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायका नेताहरूलाई भेटेर आफूलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउन पहल गर्न आग्रहसमेत गरिसकेका छन् । सुदूरपश्चिमको एकीकृत समाजवादीको चार सिट छ ।
यहाँ नागरिक उन्मुक्ति पार्टीले चार र एमालेले १० सिट हात पारेको छ । सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ ।
सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सांसदहरु अहिले काठमाडौंमा केन्द्रित छन् । जसकारण प्रदेश सभा सचिवालयले शपथ ग्रहण गराउने कार्यक्रम तय गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यलाई पुस १५ भित्र पद तथा गोपनियताको शपथ गराउने तयारी छ । संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउने व्यवस्था रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८