• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेसका बहुमत सांसद दललाई नयाँ रुपले संचालन गर्ने कुराको विपक्षमा – गगन थापा

  • खबरदाता

कांग्रेसका बहुमत सांसद दललाई नयाँ रुपले संचालन गर्ने कुराको विपक्षमा – गगन थापा

पुस ६,२०७९

 

 

चितवन – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसका बहुमत सांसद पार्टीलाई नयाँ रुपले अगाडी लैजाने कुराको विपक्षमा रहेको बताएका छन।

बुधबार सम्पन्न काङ्ग्रेस संसदिय दलको निर्वाचन परिणाममा आफ्नो पराजय पछि
संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिँदै उक्त कुरा बताएका हुन।

बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले देउवाको जिम्मेवारी गौरवमय बन्ने अपेक्षा गरेको बताए।

ुसंसदीय दलको नेतामा पटक(पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ। उहाँलाई शुभकामना छ। उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस्,ु उनले भने।

निर्वाचन परिणामलाई स्वीकार गर्दै सांसद र महामन्त्रीको भूमिका प्रभावकारी रूपमा अघि बढाउने थापाले बताए।

संसदीय दलको निर्वाचनमा सभापति देउवाले ६४ र थापाले २५ मत प्राप्त गरेका छन्। आफूले पाएको मत अपेक्षाभन्दा कम भएको उनको भनाइ छ।

पराजित भएर पनि संसदीय दलमा उठेर आफूले मतदाताहरूसँग गरेको वाचा पूरा गरेको उनको भनाइ छ।

  • प्रकाशित मिति : पुस ६, २०७९, बुधवार १२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८