• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अत्तरिया गोलीकाण्ड : व्यवसायी त्रासमा, सिसिटिभी फुटेज अध्ययन गर्दै प्रहरी

  • खबरदाता

अत्तरिया गोलीकाण्ड : व्यवसायी त्रासमा, सिसिटिभी फुटेज अध्ययन गर्दै प्रहरी

पुस ४, २०७९

 

कैलाली – आइतबार साँझ अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएपछि सो क्षेत्रका व्यवसायीहरू त्रसित बनेका छन् । आइतबार साँझ अत्तरियामा व्यापारीमाथि गोली प्रहार भएपछि व्यवसायीहरूले असुरक्षित महसुस गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम ९सुनार० माथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो ।

 

खतरामुक्त रहेका विकासको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । उनको हातमा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले पसल बन्द गरेर डेरातिर जाँदै गरेका विकासलाई गोदावरी नगरपालिका २ सशस्त्र प्रहरीको मुख्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाचे मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानेर उनीसँग रहेको तयारी सुनका करिब ३२/३३ तोला सुन लुटेर फरार भएको बताए ।

प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको स्थानका सिसिटिभी क्यमेराको फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

  • प्रकाशित मिति : पुस ४, २०७९, सोमवार १२:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८