• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

  • खबरदाता

विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

मंसिर २९ ,२०७९

 

विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो। फ्रान्सको जितमा थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे।

फ्रान्स विश्वकपमा लगातार दोस्रो पल्ट फाइनल पुग्ने २० वर्षको अवधिमा दोस्रो राष्ट्र बनेको छ। सन् २००२ मा ब्राजिल लगातार दोस्रो पल्ट विश्वकपको फाइनलमा प्रवेश गरेयता कुनै टिमले यो उपलब्धी चुम्न सकेका थिएनन्। युरोपेली देशको कुरा गर्दा सन् १९९० मा जर्मनी विश्वकपको फाइनलमा लगातार दोस्रो पल्ट पुगेको थियो।

यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । अर्जेन्टिनाको जितमा युलियन आल्भारेजले दुई र मेसीले एक गोल गरेका थिए। फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ।

हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि जितेका छन्। १९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो।

अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन।

  • प्रकाशित मिति : मंसिर २९, २०७९, बिहीवार ०८:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८