• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

इङ्ग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

  • खबरदाता

इङ्ग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मंसिर २५, २०७९

 

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो ।

 

खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर टीमलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि इङ्ग्याल्यान्डले पेनाल्टीको अवसर पाएपनि ह्यारी केनले मिस गर्न पुगे ।

हारसँगै इङ्ग्ल्यान्ड क्वार्डरफाइनलबाटै घर फर्किन बाध्य भएको छ । उता फ्रान्सले अब सेमिफाइनलमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ।

  • प्रकाशित मिति : मंसिर २५, २०७९, आइतवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८