मंसिर २३, २०७९
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधिसभाको आगामी दैनिकी सबैभन्दा सकसपूर्ण हुने देखिएको छ । प्रत्यक्षतर्फ १० सिट जित निकाले पनि समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा आगामी दिनमा जुनसुकै बेला सांसद जतासुकै ढल्कन सक्ने अवस्था छ ।
थ्रेस होल्ड कटाउन नसक्ने दलका सांसद संसदमा स्वतन्त्र हुन्छन् । एकीकृत समाजवादीले २.८२ प्रतिशत मात्र मत पाएपछि राष्ट्रिय दल बन्न सकेन। राष्ट्रिय पार्टी बन्नका निम्ति प्रत्यक्षमा एक सिटमा निर्वाचित हुनुका साथै समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनु पर्नेछ। राष्ट्रिय दल बन्न नसकेका कारण एकीकृत समाजवादीमा संसदीय दल हुने छैन ।
साना दलको सहयोगमा सरकार बनाउने प्रयास भईरहेको छ । अब कुन(कुन दलको संलग्नता वा कुन नेताको नेतृत्वमा सरकार बन्छ अहिले नै यकिन छैन। राष्ट्रिय पार्टीको हैसियत नबनाएका कतिपय साना दलहरूको सहभागितामा सरकार बन्ने स्थिति देखिन्छ ।राष्ट्रिय पार्टी बन्न नसकेका साना दलको समर्थनमा सरकार बनेको खण्डमा त्यो सरकार अस्थिर हुने र त्यसले मुलुकलाई अस्थिरताको अर्को दुष्चक्रमा लैजाने धेरैको चिन्ता छ।
एकपटक दल विभाजन गरिसकेपछि पाँच वर्षसम्म त्यही दलबाट फेरि अर्को दल खोल्ने सुविधा दिएको छैन। दफा ३३ को उपदफा ३ मा भनिएको छ, ‘उपदफा २ बमोजिम गठन भएको दल आयोगबाट प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दलको गठन हुन सक्ने छैन।’४० प्रतिशत संख्या नपुर्याइकन अर्को दलमा प्रवेश गरेको खण्डमा भने दल त्याग भएको मानिने कानुनी व्यवस्था छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८