• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मंसिर २१ गते : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल

  • खबरदाता

मंसिर २१ गते : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल

मंसिर २१ ,२०७९

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष २१ गते बुधबार तद्अनुसार सन् २०२२ दिसेम्बर ७ तारिख मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि ७;३१ पउ पूर्णिमा तिथि कृतिका नक्षत्र १०:४१ पर रोहिणी नक्षत्र सिद्धि योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:४३ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । पूर्णिमा व्रत, कुठीधान्य लक्ष्मी पूजा, दत्तात्रेयजयन्ती ।

आजको राशिफल

मेष – आज शुभ काममा आकर्षण बढ्ने र धनबल वृद्धि हुनेछ । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला, जीवनमा सुख वृद्धि हुनेछ । आज मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । तथापि, लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् भने परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । आश मारेको फल पुनस् प्राप्त हुन सक्छ। समग्रमा दिन आनन्दमय रहला ।

मिथुन – आज तपाईंलाई स्वास्थ्य कमजोर भएको महसूस हुन सक्छ र पनि कार्यक्षमता वृद्धि हुनेछ । केही चुनौतीको सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा समेत हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ ।

कर्कट – दिन मनोरञ्जनपूर्ण रहनेछ । आज आयआर्जन बढे पनि खर्चमा पनि वृद्धि होला । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने समय छ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – आज सहयोगीहरूले राम्रो साथ दिनेछन् । शुभता बढ्नेछ । मनोकूलको काम बन्नेछ । उत्साह जाग्नेछ । अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। साझेदारीको काम बन्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आज जोखिममा नपर्नु हितकर हुनेछ । बढी मिहिनेतले मात्र काममा सफलता मिल्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आरोग्यता बढ्नेछ र रोकिएका कामहरू बिस्तारै अघि बढ्नेछन् । कर्ममा सफल साबित हुनुहुनेछ । विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ। आत्मविश्वास बढ्नेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु – दिन मिश्रित फलदायी रहला । आरोग्यता बढ्नेछ । धनको आगमन भइरहनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आजको दिन आशा उत्साह बढ्नेछ भने रसराग तथा प्रेममा सफलता मिल्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने योग पनि छ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । आफन्तको साथ मिल्नेछ । प्रतिष्पर्धामा विजयी बनिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – ब्यस्तता बढ्नेछ भने बेसुरमा वचन दिने बानीले दुस्ख पाइनेछ । तथापि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आजको दिन कार्यक्षमता वृद्धि हुनेछ, पारिवारिक जमघटमा रमाउने योग छ । प्रयासरत काम बन्नेछ, देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मीन – शुभता वृद्धि हुने दिन छ । पराक्रम वृद्धि हुनेछ भने रसरागमा आकर्षण बढ्ला । समयको गति पछ्याउने प्रयत्न गर्नु हितकर हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा सफलता र फाइदा हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

 

  • प्रकाशित मिति : मंसिर २१, २०७९, बुधवार ०७:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८