• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कालिकाको चतुर्मुखि सामुदायिक वनमा गैँडाको अस्तिपञ्जर भेटियो

  • खबरदाता

कालिकाको चतुर्मुखि सामुदायिक वनमा गैँडाको अस्तिपञ्जर भेटियो

मंसिर १८,२०७९

चितवन – पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको अस्तिपञ्जर फेला परेको छ । कालिका नगरपालिकावडा–१ मा रहेको चतुर्मुखि सामुदायिक वनको साल वन क्षेत्रमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो ।

गैँडाको हड्डी छरिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । उनका अनुसार करिब ६ महिनाअघि गैँडा मरेको अनुमान गरिएको छ ।

गैँडाको खाग र तीन खुर नभेटिएको उनले बताए । खाग काटिएको अनुमान गरिएको छ । गैँडाको खप्पर र बाँकी रहेको नौ खुरलाई सुरक्षित राखिएको उनले जानकारी दिए । डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर गैँडाको शव परीक्षण गरेको छ । प्राकृतिक कारणले मरेको या चोरी शिकारीका कारण मारिएको भन्ने अध्ययनपछि जानकारी आउने खनालले बताए।रासस

  • प्रकाशित मिति : मंसिर १८, २०७९, आइतवार १९:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८