• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिन्धुली-२ मा नेकपा माओवादीको पहिलो जित

  • खबरदाता

सिन्धुली-२ मा नेकपा माओवादीको पहिलो जित

मंसिर ७,२०७९

नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ।

सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्।

उनले २७५१७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत ल्याएका छन्।

यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्।

दाहालले एमालेका मनोजजंग थापालाई हराएका हुन्।

६ हजार १ सय ६२ को मतान्तरले निर्वाचन जितेको दाहालले बताए।

उनले देशभरी आइरहेको परिणामबारे पार्टीमा गम्भीर समीक्षा गर्न जरूरी रहेको समेत बताए।

  • प्रकाशित मिति : मंसिर ७, २०७९, बुधवार १३:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८