• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शेरबहादुर देउवा लगातार सातौँ पटक विजयी

  • खबरदाता

शेरबहादुर देउवा लगातार सातौँ पटक विजयी

मंसिर ७,२०७९

 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

यसपटक उनले २५ हजार ५ सय ३४ मतसहित आफ्नो अपराजित यात्रा कायम राखे । देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरेका छन् ।

ढकालले १३ हजार ४२ मत पाएका छन् । यस्तै नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले सात हजार ५ सय ३५ मत पाएका छन् ।

देउवाले यसअघि ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा डडेलधुराबाट निर्वाचन जितेका थिए ।

  • प्रकाशित मिति : मंसिर ७, २०७९, बुधवार ०८:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८