कात्तिक २४, २०७९
सर्वोच्च अदालतले ‘नो, नट अगेनु अभियानलाई कारबाही नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
बिहीबार सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले यसअघिको आदेशलाई निरन्तरता दिएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।
यसअघि न्यायाधीश हरि फुयालको इजलासले ‘नो, नट अगेनु अभियानलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘नो, नट अगेनु अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८