कात्तिक २४, २०७९
काठमाडौं महानगरपालिकालाई सुन्दर शहर बनाउने अठोट गरेका मेयर बालेन्द्र साह केही दिनयता चुपचाप जस्तै छन् । निर्वाचन आयोगको स्पष्टीकरणमा परेका मेयर साहले जवाफ त फर्काइसकेका छन् । तर,उनको जवाफ चित्त बुझ्दो भयो भएन भनेर आयोगले जवाफ फर्काएको छैन । नियम विपरितका अवैध संरचना हटाउन उनी डोजर लिएर कहिले कता त कहिले कहाँ पुगिहाल्थे ।
उनको यस्तो जुुझारु कार्यशैली देखेर प्रभावित नहुने सायद कोही नहोला । तर अहिले उनको त्यो गतिमा एक्कासी किन ब्रेक लाग्यो भनेर सर्वसाधारणले बुझ्न सकिरहेका छैनन् । अवैध संरचनामा डोजर चलाउने अभियान अहिले झन्डैझन्डै ठप्प जस्तै छ । महानगरले तिहारअघि वाग्मती एकीकृत विकास समितिसँगको सहकार्यमा थापाथलीस्थित रुद्रेश्वर महादेव भजन मण्डलमा डोजर चलाएको थियो । काठमाडौंलाई सुन्दर शहर बनाउने अभियान निष्क्रिय जस्तै छ।
मेयर बालेन्द्र साहले निर्देशन दिन छोडेपछि अभियान रोकिएको हो भन्ने कुरा यदाकदा सुनिन्छ । यदि त्यसो हो भने मेयर साहले किन रोकिएरु भनेर प्रश्न उठ्नु पनि स्वभाविकै हो । कतै निर्वाचको कारणले पो हो किरु स्थानीय तहमा विकास निर्णका काम गर्नलाई पनि आचारसहिंता लागू हुन्छ ररु
मेयर बालेनले सुरुमा आफै मैदानमा उत्रिएर बानेश्वर क्षेत्रबाट अवैध संरचना भत्काउने अभियान चलाएका थिए । महानगरले भत्काइएकाहरुमा अवैध संरचना, अन्डरग्राउन्ड पार्किङ र फुटपाथ नै हुन् । यति गर्दा पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा केही सहजता मिलेको बताइएको छ ।नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा लिएकाहरुको संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको थियो ।
गत साउनमा अवैध संरचना हटाउन महानगरले ३५ दिने अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएपछि अभियान नै सुरु गरेर नयाँ बानेश्वर क्षेत्रबाट डोजर चलाउन सुरु गरेको थियो ।गायब भएको टुकुचा खोला महानगरले भेटाए पनि त्यसलाइ सबै ठाउँमा खोतल्न सकिएको छैन । कहिले सर्वोच्चको आदेश तकहिले पुरात्व विभागको निर्देशनले रोकिएको काम अहिले त्यतिकैछ । टुकुचा भेटिएसँगै महानगरले थप डोजर ल्याएर खोला खोतल्न थालेको थियो । काठमाडौं महानगरपालिकाले उत्खनन गरेको टुकुचा खोलालाई अलपत्र छाड्दा कतिपय क्षेत्रमा जमिन भासिन थालेको छ । महानगरपालिकाले हाल यो काम रोकेको छ । तर खनेको क्षेत्रमा भने जमिन भासिन थालेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८