कात्तिक २१, २०७९
युवा ज्योतिष पं.सागर गुरागाँई।
आज मिति २०७९ साल कार्तिक २१ गते सोमबार, ई.सं ७ नोभेम्बर, २०२२ । तिथि-कार्तिक शुक्लपक्ष चतुर्दशी, नक्षत्र- अश्विनी, योग-सिद्धि, करण- वव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः१९, सूर्यास्तः १७ः१४ ।
मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।
वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।
मिथुन : नियमित खर्चसमेत बढ्ने योग छ ।
कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।
सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
कन्या : मित्रताको बन्धन कसिए पनि दाम्पत्य जीवनमा खटपट देखिनेछ ।
तुला : सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।
वृश्चिक : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
धनु : महत्त्वपूर्ण कार्यमा परिवारजनबाट असहयोग हुनेछ ।
मकर : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।
मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८