कात्तिक १,२०७९
चितवन _ संविधान बिरोधि गतिबिधि गर्नेहरुलाई निस्तेज गर्दै गठवन्धनमा एकताबद्ध हुन नेपाली कांग्रेसका नेता उत्तम जोशीले आग्रह गरेका छन ।
नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बोल्दै जोशीले काङ्ग्रेस सहितको सत्ता गठवन्धन नेताले मात्र नभएर आम जनताले चाहेकाले भएको बताए ।उनले भने,’परिस्थितिले बनाएको गठवन्धन देशमा आमुल परिबर्तको पक्षमा छ ।’ उनले समाज परिवर्तनका लागि सत्ता गठवन्धनले जित निकाल्न जरुरी रहेको बताए।
केपि ओली सरकारले संबिधानको मर्म बिपरित काम गरेको बताउँदै उनले यो गठवन्धन अहिले सम्म संविधान बचाउन सफल भएको बताए। संविधान र लोकतन्त्रको रक्षा संगै समृद्ध नेपालका लागि गठवन्धनलाई मतदान गर्न समेत उनले आग्रह गरे।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ , उमेश श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्बोधन गरेका थिए । भरतुर नगर सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्ने बक्ताहरुले जनतालाई सच्चाईको पक्षमा लाग्न अनुरोध समेत गरेको छ ।
जोशी प्रदेश सभा सदस्यको लागि चितवन क्षेत्र नम्बर २ ख मा गठबन्धनको उमेदवार हुन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८