• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

  • खबरदाता

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

असोज ३१ ,२०७९

झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-२ बेलडाँगीको भित्री सडकमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुइटै मोटरसाइकलका चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय अनिश साउँदेन र सोही गाउँपालिका वडा नम्बर ६ का मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार ४३ वर्षीय भोलाराज भुजेल रहेको प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको बिएन्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला भुजेल र ९ वर्षीया छोरी प्रशन्ना भुजेल घाइते भएका छन्। उनीहरूको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : असोज ३१, २०७९, सोमवार २०:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८