• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु

  • खबरदाता

नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु

असोज ३०, २०७९

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका निसिम थापाको मृत्यु भएको हो ।

 

सराङकोट स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको प्याराग्लाइडिङ १०० मिटर तल खसेका थियो । बिहान साढे ११ बजे प्रतियोगितामा भाग लिइरहेको अवस्थामा त्रिभुवन आर्मी क्लबका एक खेलाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारीले बताए ।

दुर्घटनापछि मेट्रोसिटी अस्पताल पुर्‍याएको उनलाई डाक्टरले मृत्यु घोषणा गरेको डिएसपी तिवारीले बताए ।

  • प्रकाशित मिति : असोज ३०, २०७९, आइतवार १४:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८