असोज २३, २०७९
नेपाली कांग्रेसले योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई चितवन १ बाट उम्मेदवार बनाएको छ। त्यस्तै राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवन क्षेत्र नम्बर २ बाट कांग्रेसले टिकट दिएको छ।
पौडेल र श्रेष्ठ दुबै सभापति देउवा निकट हुन्। पौडेललाई देउवाले योजना आयोगको उपाध्यक्ष बनाएका थिए भने श्रेष्ठलाई राज्यमन्त्री बनाएका थिए। दुबैजना पहिलोपटक निर्वाचन लड्दैछन्।
चितवन १ बाट एमालेका सुरेन्द्र पाण्डे र २ बाट कृष्णभक्त पोखरेल चुनाव लड्दैछन्। स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने पनि चितवन २ बाट लड्ने तयारीमा छन्। उनी क्षेत्र नम्बर ३ वा २ मध्ये एकबाट लड्ने तयारी गरेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८