भदौ २०,२०७९
त्रिशुलि नदिमा नुहाउने गएका एक बालक बेपत्ता भएका छन।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा नुहाउने क्रममा ती बालक बेपत्ता भएका छन् ।
सोमबार दिउँसो ३ः३० बजेको समयमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका–२१ मनोहर घर भई हाल कुरिनटारमा लेबर काम गर्दै आएका कृष्णप्रसाद यादवका १२ वर्षीय छोरा अक्लेश यादव नदीमा बेपत्ता भएका हुन् । अक्लेश बाराको गढीमाई नगरपालिका–६ तेलगाई घर भई हाल सोही ठाउँमा बस्ने १७ वर्षीय विशाल यादवसंग त्रिशुली नदी किनारमा नुहान गएका थिए ।
अक्लेश नदी किनारमा पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाएपछि प्रहरीले खोजी कार्य जारी राखेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका टोली र शसस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८