भदौ १५,२०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै आफु चुनाव लड्ने बताएका छन्।
कास्की क्षेत्र नम्बर १ बाट बुधबार थापाको नाम उम्मेदवारका लागि आवेदन परेपछि उनले आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने प्रष्टाएका हुन्।
उनले कास्की क्षेत्र नम्बर १ का कांग्रेस नेता तथा कार्यकर्तालाई धन्यबाद पनि दिएका छन्।
‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नु भएकोमा त्यो सद्भावका लागि धन्यवाद,’ आज अपरान्ह ट्वीट गर्दै थापाले भने, ‘मैले काठमाडौँ क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु। र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।’
थापा २०७४ सालमा भएको चुनावमा काठमाडौं ४ बाटै निर्वाचित भएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८