भदौ ११,२०७९
चितवन – ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भीर घाइते भएका छन।
प्रहरीका अनुसार शुक्रवार राती अन्दाजी ९ :१० बजेको समयमा भरतपुर- ४ को त्रिचोक नजिक रामपुरबाट चौबिसकोठी तर्फ आउदै गरेको ना.१ क २९४० नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०६-००१ च ०००१ नम्बरको एम्बुलेन्स एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो।
दुर्घटनामा एम्बुलेन्स चालक चितवन भरतपुर -४ बस्ने बर्ष ५० को चन्द्रकान्त तिवारी गम्भिर घाईते भएको र उनको हाल नयां मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुबै सवारी साधन र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८