• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेसले माग्यो उम्मेदवारका आकांक्षीको सूची, समानुपातिकमा दोहोर्‍याउन नपाइने

  • खबरदाता

कांग्रेसले माग्यो उम्मेदवारका आकांक्षीको सूची, समानुपातिकमा दोहोर्‍याउन नपाइने

भदौ ११, २०७९

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई निर्देशन जारी गरेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटको टुंगो नलागे पनि कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रमै उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

महामन्त्री गगन थापाले प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठक राखेर प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न भनेका छन् । सकेसम्म सहमतिबाट र नभए बहुमतको प्रक्रियाबाट प्रत्यक्षतर्फका लागि बढीमा तीन जना र समानुपातिकतर्फ बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशनमा उल्लेख छ ।

निर्देशनअनुसार क्षेत्रीय समितिले भदौ १६ गतेसम्म जिल्ला कार्यसमितिमा नाम पठाउनुपर्नेछ । जिल्ला कार्यसमितिले भदौ १८ सम्म र प्रदेश कार्यसमितिले केन्द्रमा २० गतेभित्र नाम पठाइसक्नुपर्नेछ । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ निर्वाचितको नाम समानुपातिकतर्फ नै फेरि सिफारिस गर्न पाइने छैन ।

  • प्रकाशित मिति : भदौ ११, २०७९, शनिवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८