• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

पाँच दसकपछि इंग्ल्यान्डको सफलता

  • खबरदाता

पाँच दसकपछि इंग्ल्यान्डको सफलता

असार २४, २०७८

खेलको सुरुवातमै एक गोलले पछि परेको इंग्ल्यान्ड खेलमा फर्कँदै युरो कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २–१ ले हराउँदै फाइनल प्रवेश पक्का गरेको हो ।

गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड ५५ वर्ष पछि कुनै पनि प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । वेम्बली रङ्गशालामा ६६ हजार दर्शकका सामु भएको खेलको ३० औ मिनेटमा माइकल डाम्सगार्डले फ्रिकीकमा गोल गरे । त्यसको नौ मिनेट पछि नै बुकायो साको क्रसलाई रोक्ने क्रममा डेनमार्कका कप्तान सिमोन काजरले आफ्नै पोस्टमा बल छिराए ।

निर्धारित ९० मिनेटको समयमा बराबरी भए पछि अतिरिक्त समयको १४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमा गोल गरेको हो । जोकाम मेहालले रहीम स्टर्लिङलाई फल प्रहार गरे पछि प्राप्त पेनाल्टीमा इंग्ल्यान्डले विजयी गोल गरेको हो।

हेरी केनको प्रहार डेनमार्कको गोल रक्षक कास्पर स्माइकलले रोके पनि उनले रिबाउन्डमा गोल गरेका हुन् । यस अघि इग्लीस टोली सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको थियो । जुन प्रतियोगितामा पश्चिम जर्मनीलाई इंग्ल्यान्ड उपाधि जित्न सफल भएको थियो ।

  • प्रकाशित मिति : असार २४, २०७८, बिहीवार ०२:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८