• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दिल्लीमाथि राजस्थानको जित

  • खबरदाता

दिल्लीमाथि राजस्थानको जित

बैशाख ३,२०७८

राजस्थान रोयल्सले आइपिएलमा दिल्ली क्यापिटल माथि ३ विकेटको जित हात पारेको छ ।

बिहीबार भएको खेलमा १४८ रनको लक्ष्य पाएको राजस्थानले दुई बल बाँकी रहँदा सात विकेटको क्षतीमा १५० रन बनायो । राजस्थानका लागि ४३ बलमा ६२ तथा कृश मोरिसले १८ बलमा ३६ रन जोडे । दिल्लीका कासिगो रबाडाले ४ ओभरमा ३० रन खर्चिँदै २, क्रिस ओक्सले ४ ओभरमै २२ रन खर्चेर दुई तथा अभेस खानले ४ ओभरमा ३२ रन खर्चेर तिन विकेट लिए ।

यसस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतीमा १४७ रन बनायो । दिल्लीका लागि ऋषभ पन्तले ५१ रन जोडे । राजस्थानका जयदेव उन्नाकदले ४ ओभरमा १५ रन खर्चेर तिन विकेट लिए । जसबापत उनी म्यान अफ द म्याच समेत घोषित भए ।

  • प्रकाशित मिति : वैशाख ३, २०७८, शुक्रवार ०१:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८