• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १२ तारिख। विश्व निमोनिया दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।- ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ । सबै कुरा छोडेर परिवारको काममा केन्द्रित हुनु राम्रो हुन्छ । शिक्षामा भने प्रगति हुनेछ ।

वृष – दिन राम्रो छ । सोचेर गरेको लगानीबाट नाफा हुनेछ । स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साथीको सहयोगले तपाईंको काम बन्नेछ । सामाजिक सेवामा ध्यान दिएमा मन शान्त बन्नेछ ।

मिथुन – दिन राम्रो छ । नियमित कामबाट मन शान्त बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् । व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ । थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ ।

कर्कट – दिन सहज छ । आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन् । रोगबाट मुक्त हुन खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

सिंह – हरेक क्षेत्रमा बाधा हुनसक्छ । राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्न सक्छ । स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

कन्या – दिन राम्रो छ । संकटमा परिवारले साथ दिनेछन् । सञ्चित धन महत्त्वपूर्ण काममा उपयोग हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । लगानी भए व्यापारमा नाफा हुनेछ ।

तुला – शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ ।

वृश्चिक – दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ । मनमा कुरा नराख्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयासबाट प्रगति हुनेछ । उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ ।

धनु – दिन सामान्य छ । एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ । स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ । साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर – दिन राम्रो छ । धन आर्जन हुनेछ । महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ । बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ ।

कुम्भ – सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ । लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्र्नेछ । परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ ।

मीन – दिन राम्रो छ । महत्त्वपूर्ण काम बन्नेछ । सामूहिक निर्णयमा अगाडि बढेमा फाइदा हुने योग छ। शिक्षामा प्रगति हुनेछ । गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ ।

  • प्रकाशित मिति : कात्तिक २६, २०८२, बुधवार ०६:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८