• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

कांग्रेस सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि विजयी

  • खबरदाता

कांग्रेस सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् ।

आचार्यले दुई हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन् ।

सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले दुई हजार १९९ मत प्राप्त गरेका छन् । अर्का उमेदवार दिनेश कोइरालाले एक हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाएका छन् ।

  • प्रकाशित मिति : असोज ३०, २०८३, शुक्रवार ०८:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८