• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

  • खबरदाता

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन सामान्य छ। अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ। साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ।

वृष – दिन राम्रो छ। धन आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन – दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्त्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट – दिन राम्रो छ। साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ। धर्मकर्ममा मन जानेछ। शनिको कारण मन अस्थिर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

सिंह – दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। व्यापारमा भने घाटा हुनेछ।

कन्या – दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

तुला – दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृश्चिक – दिन सामान्य छ। बोल्दा ख्याल गर्नुपर्छ। बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ।

धनु – दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ।

मकर – दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ – दिन राम्रो छ। साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ। परिवारको साथ सहयोग मिल्नेछ। धर्मकर्ममा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

मीन – दिन सामान्य राम्रो छ। कारोबारमा नाफा हुनेछ। थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • प्रकाशित मिति : कात्तिक २२, २०८२, शनिवार ०६:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८