• वैशाख ४, २०८१, मंगलवार Tuesday, 16 April, 2024

प्रचण्डले आज विश्वासको मत लिँदै, शतप्रतिशत पाउने दाबी

  • खबरदाता

प्रचण्डले आज विश्वासको मत लिँदै, शतप्रतिशत पाउने दाबी

चैत्र ६, २०७९

 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै, शतप्रतिशत पाउलान् तरुप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् ।

गत पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।कुनै एक दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।पुस ११ मा शपथ लिएका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमले दिउँसो १ बजे बस्ने संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख गरेका छन् ।

दाहालले शतप्रतिशत सांसदहरूले आफूलाई विश्वासको मत दिने आशा व्यक्त गरेका छन्। जब कि एमालेसँगै राप्रपा, नेमकिपा प्रतिपक्षमा मत जाहेर गर्ने बताइसकेका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ । का‌ग्रेसले प्रधानमन्त्री दाहालको पक्षमा विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

यस्तै गठबन्धन दलका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि दाहाललाई विश्वासको मत दिने निर्णय गरेका छन् । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विश्वासको मत दिने भएको छ ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई कांग्रेस, रास्वपा, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतले विश्वासको मत दिनेछन् । एक सांसद भएको जनमोर्चाले बिहान मात्रै निर्णय गर्ने बताएको छ।

प्रधानमन्त्रीको पक्षमा कांग्रेस ८७, माओवादी ३२, रास्वपा १९, जसपा १० , एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति ४, स्वतन्त्र २ गरी १७० सांसदले विश्वासको मत दिने सम्भावना छ । प्रतिपक्षमा एमाले ७९, राप्रपा १४ र नेमकिपाका १ सांसद गरी ९४ सांसद हुने सम्भावना रहेको छ । पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आइतबारबाट सत्तापक्षको बेञ्चमा बसेको छ।भने अघिल्लो पटक सत्ताधारी बनेको एमाले अहिले प्रमुख प्रतिपक्षको कुर्सीमा बसीसकेको छ ।

  • प्रकाशित मिति : चैत ६, २०७९, सोमवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८