• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको जुगेडिमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • खबरदाता

भरतपुरको जुगेडिमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

साउन २६,२०७९

चितवन – ट्रकको ठक्करबाट नारायणगढ – मुग्लिन सडक खण्डमा एक पैदल यात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका -२९ जुगेडीमा बुधबार राती सवा ८ बजे भरतपुरबाट मुग्लिङ तर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो।

हाल सम्म नाम थर नखुलेको अन्दाजी बर्ष २४-२५ को पुरुष ब्यक्तिलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको थियो। मृतको शब पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन २६, २०७९, बिहीवार ०७:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८