• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुरको पार्बतीपुरमा श्रीमानको मृत्यु ,श्रीमती पक्राउ

  • खबरदाता

भरतपुरको पार्बतीपुरमा श्रीमानको मृत्यु ,श्रीमती पक्राउ

साउन २४,२०७९

चितवन – पश्चिम् चितवनमा एक पुरुष आफ्नै घरको कोठा भित्र मृतअबस्थामा फेला परेका छन।

प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी ४:२० बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका -२१ पार्बतिपुर बस्ने बर्ष ५६ को टिकाराम बिक  आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई मृतअबस्थामा फेला परेका हुन।

मृतक बिकको खुट्टाले भुईमा टेकी टाउको र जीउको भाग खाटमा घोप्टो अवस्थामा रहेको, निजको तालुको भागमा काटेको चोट रही उक्त स्थानबाट अत्यधिक रक्तश्राव भई मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा सोमबार बिहान अन्दाजी १० बजेको समयमा श्रीमान श्रीमती बिच झगडा हुँदा बिककि श्रीमती बर्ष ५४ की बिनमाया बिकले अचानोले टाउकोमा हान्दा उक्त चोट लागेको भन्ने बुझिएकोले निजलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। यस सम्बन्धि थप अनुसन्धान जारी रहेको छ।

  • प्रकाशित मिति : साउन २४, २०७९, मंगलवार २१:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८