साउन २०, २०७९
चितवनः जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगर बस्ने ५१ बर्षिया मायाँ बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायीक वनमा घाँसकाट्न गएकी बिकलाई शुक्रवार दिउँसो साढे १२ वजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट बिकको मृत्यु भएको हो ।
अहिले घटनास्थल तर्फ निकुञ्जर र प्रहरीको टोलि खटिएको उनले जानकारी दिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८