साउन १८,२०७९
चितवन – लागुऔषध कारोबारको आसंकामा प्रहरीले नारायणगढको लिला चोकबाट दुई जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगर पालिका वडा नम्बर १ बस्ने बर्ष २५ को बिष्णु केसि र वडा नम्बर २ बस्ने बर्ष २७ को आशिस चौधरी रहेका छन।
प्रहरीका अनुसार बुधबार बिहान साढे ४ बजेको समयमा संकास्पद अबस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा साथबाट लागुऔषध डाईजेपाम ७१ एम्पुल, प्रोमोताईजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी जम्मा २१७ एम्पुल फेला परेको थियो।
निजलाई लागुऔषध मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८