• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको राप्तीमा ट्रक र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु

  • खबरदाता

चितवनको राप्तीमा ट्रक र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु

साउन १८,२०७९

 

चितवन – जिल्लाको राप्ती नगरपालिका ७ स्थिति बिरेन्द्र चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते छन।

मृत्यु हुनेमा राप्ती ६ हर्दिकि २४ वर्षिय रमिता तामाङ कुवर रहेको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा ३:५० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार स्कुटर चालक मृतका श्रीमान बर्ष २८ का सुसिल कुवरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

बुधबार अन्दाजी ३ बजेको समयमा भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशा तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३ प १२०९ नम्बर को स्कुटरलाई ठक्कर दिएको थियो।

  • प्रकाशित मिति : साउन १८, २०७९, बुधवार १६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८