साउन १८, २०७९
चितवन – नारायणगढ- मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ढिस्को सहितको पहिरो खसेपछि सडक पुनः अबरुद्ध भएको हो।
मंगलबा राती पहिरो हटाएर साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । विशेषगरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् ।
यो सडकखण्डमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा मौसम र सडकको अवस्था बारे जानकारी लिन प्रहरीको आग्रह छ । पहिरो खसेको समयमा सुनसान ठाउँमा भन्दा पनि बस्ती भएका क्षेत्रमा गाडी रोक्न जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोध छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८