साउन १४,२०७९
नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेको छ।
शनिबार २७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ३६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर १ हजार ७७९ पीसीआर तथा १ हजार ९२० एन्टिजेन परीक्षण भएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८