साउन १४,२०७९
विभिन्न ७ बुँदे सयुक्त घोषणापत्र जारी गर्दै प्रथम महानगर सम्मेलन नेपाल सम्पन्न भएको छ । शुक्रबारबाट पोखरको सराङकोटमा शुरु भएको सम्मेलनले विभिन्न ७ वटा बुदाहरुलाइ पाँच बर्षमा सम्पन्न गर्ने गरि सहमति जनाउँदै समापन भएको हो ।
देशका ६ वटै महानगरका साझा समस्या पहिचान गर्दै सबलता, दुर्बलता, अवसर तथा चुनौतीको विश्लेषण गरी साझा घोषणापत्र तयार गरिएको पोखराका मेयर धनराज आचार्यले बताए ।
समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी नाराका साथ पोखरा महानगरका मेयर धनराज आचार्यको प्रस्तावमा प्रथम महानगर सम्मेलन नेपाल २०७९ भएको हो । महानगरहरूलाई जनउत्तरदायी बनाउनका लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न यस वर्षदेखि आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष “महानगर सम्मेलन नेपाल ” गर्ने प्रस्ताव भएकोमा यस वर्ष साउन १३ र १४ गते पोखरामा सम्मेलन गरिएको मेयर आचार्यले बताए । संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै महानगरका न्यूनतम मापदण्ड पुरा गर्नु पहिलो आवश्यकता रहेको ६ वटै महानगरका मेयरहरुले बताएका छन ।
सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव तथा धारणाहरू आदान प्रदान गरिएको छ । महानगरले गर्ने कार्यसम्पादन, स्रोत साधनको उपयोग तथा परिचालनका विषयमा रहेको विद्यमान कानुन र गर्नुपर्ने सुधारका बारेमा पनि गहन छलफल भएको छ । यसका अलवा सम्मेलनमा महानगरहरू बिच आन्तरिक पर्यटक आदानप्रदान गर्ने, स्थानीय उत्पादन र बजारीकरणको अवसर, स्थानीय स्रोतसाधनको व्यवस्थित परिचालन, महानगरका योजना, बेरुजु,माना चामल,चुनौती र व्यवस्थापनबारे बृस्तृत रुपमा छलफल पनि भएको छ । जनहितका र सामाजिक कार्यका साथै विकासका मोडलमा एकरूपता कायम गर्ने, सूचना प्रविधि र सञ्चारको आदानप्रदान गर्ने लगायतका साझा सवाललाई सम्मेलनमा जोड दिइएको छ ।
२०८० साललाइ भरतपुर महानगरले भ्रमण बर्षको रुपमा मनाउने भनेर यस अघि नै घोषणा गरिसकेको छ भने सोही बर्षमा नै दोस्रो महानगर सम्मेलन नेपालको पनि आयोजना गरिने प्रमुख रेनु दाहालले बताइन । सम्मेलनमा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरुका सम्बन्धमा अनुभव तथा सिकाईको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बन्धु सुबेदिले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरुका बारेमा कार्यपत्र प्रस्तुत गरे।
सम्मेलनमा आयोजक महानगर पोखराका उप मेयर मन्जु देवि गुरुङ, काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका मेयर राजेशमान सिह,उपमेयर इम्तियाज आलम तथा प्रमुख प्रशाकिय अधिकृतहरुको सहभागितामा रहेकोे थियोे । सम्मेलनमा ६ वटा महानगरका मेयर, उप मेयर र प्रमुख प्रशासकीय अधिकृत गरि १८ जनाको सहभागिता रहेको थियोे । सम्मेलनमा ५ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्ने हरुमा राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एंव क्षेत्रिय योजनाकार डा।जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शिर्षकमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै पुर्वाधार विज्ञ डा।सुर्यराज आचार्यले महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका नीति सल्लाहकार कृष्ण ज्ञवालि, डा।अजयचन्द्र लाल र सरोज बस्नेतले महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८