• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

  • खबरदाता

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

साउन १२, २०७९

 

चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराईरमधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो।

 

समितिले चुरे-तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाु को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ। २०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो। २०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५-५ वर्षमा चार चरणका कार्यक्रम प्रस्ताव गरिएको थियो । पहिलो चरणको कार्यक्रमलाई ८१ अर्ब ६१ करोड, दोस्रो चरणलाई ६७ अर्ब, तेस्रो चरणलाई ५१ अर्ब ९५ करोड, चौथो चरणलाई ४९ अर्ब ८७ करोड र अन्तिम वर्षका लागि एक अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गरिएको थियो । गुरुयोजनाले दोस्रो चरणलाई ६७ अर्ब बजेट अनुमान गरेको भए पनि हाल १५ अर्ब १७ करोड मात्रै बजेट अनुमान गरिएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : साउन १२, २०७९, बिहीवार ०६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८