• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दाउन्नेमा बस दुर्घटना, २१ जना घाइते

  • खबरदाता

दाउन्नेमा बस दुर्घटना, २१ जना घाइते

साउन ११, २०७९

 

नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस दुर्घटना भएको छ ।

आज बिहान साढे ५ बजेको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ आउँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा कम्तिमा २१ जना घाइते भएका छन् ।

गाडी पल्टिँदा भएको घर्षणपछि गाडीमा आगो लागेको अनुमान प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा ३५ जना सवार भएको भनिए पनि यकीन तथ्यांक आई सकेको छैन ।

 

  • प्रकाशित मिति : साउन ११, २०७९, बुधवार ०८:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८