• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौं उपत्यकामा गाडी भाडा बढ्यो

  • खबरदाता

काठमाडौं उपत्यकामा  गाडी भाडा बढ्यो

साउन ६, २०७९

 

काठमाडौं । वागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

वागमती प्रदेश सरकारको राजपत्रमा जारी सूचनामा बढेको भाडा बिहीबारदेखि नै लागू हुनेछ ।

प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ । सरकारले वागमती प्रदेश भित्रै चल्ने सवारी साधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

  • प्रकाशित मिति : साउन ६, २०७९, शुक्रवार १६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८