• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

लाज ढाक्नै नसकिने गरी फर्कियो नेपाली क्रिकेट टोली

  • खबरदाता

लाज ढाक्नै नसकिने गरी फर्कियो नेपाली क्रिकेट टोली

साउन ४, २०७९

 

नेपाली‌ राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्कियो । स्कटल्याण्डमा भएको आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलामा भाग लिएर फर्किएको टोलीका सदस्यको मुहारमा खुशी थिएन । कारण हो, टोलीको लज्जास्पद प्रदर्शन ।

नेपालले स्कटल्याण्डमा चार खेल खेल्दा तीनवटामा हार बेहोर्‍यो । स्कटल्याण्डलाई इतिहासमा नै पहिलोपटक हराए पनि बाँकी तीन खेल बिर्सनलायक रहे । बलिङमा सन्तोषजनक प्रदर्शन गरेको नेपालको हारमा ब्याटिङको परम्परागत समस्या नै प्रमुख ‌कारण बन्यो । नेपाली खेलाडीले खराब सट खेले । किन त रु मुख्य प्रशिक्षक पुबुदु दासानायके भन्छन्– युवा खेलाडीको बाहुल्यका कारण ब्याटिङ कमजोर भयो ।

नेपालले प्रत्येक खेलमा ब्याटिङमै संघर्ष गर्‍यो । कुनै खेलाडीले पनि अर्धशतक समेत बनाउन सकेनन् । कुनै पनि खेलमा २०० रन बनाउन नेपाल असफल भयो । नेपालले एक दिवसीय शृंखलामा अहिलेसम्मकै खराब प्रदर्शन यसैपालि गर्‍यो । सन् २००१ पछि नेपाल पहिलोपटक नामिबियासँग पराजित हुन पुगेको थियो । यही कारण खेलाडी र प्रशिक्षक दुवै आलोचित बन्न पुगे ।

तीनवटा हार र खराब ब्याटिङकै कारण स्कटल्याण्डमाथिको ऐतिहासिक जित ओझेल पर्‍यो । खराब प्रदर्शनमा नेपाली टिममा एकता नभएको टिप्पणी पनि गरिएको छ । तर त्यसलाई प्रशिक्षक दासानायकेले अस्वीकार गरेका छन् ।‌

प्रशिक्षकले जे दाबी गरे पनि अब नेपाललाई एक दिवसीय मान्यता जोगाउन सहज हुने छैन । २० खेलमा अहिलेसम्म मात्र आठ जित मात्र हात पारेको छ । नेपाल १७ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । सन्दीप लामिछानेको कप्तानी र दासानायकेको रणनीति दुवै नचलेपछि अब विकल्प खोज्नुपर्नेसम्मका आवाज उठ्न थालेका छन् ।

  • प्रकाशित मिति : साउन ४, २०७९, बुधवार ०७:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८