• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

    दुबै हातमा लड्डु  खोज्दै सत्ता गठबन्धनको कम्युनिष्ट घटक 

  • खबरदाता

    दुबै हातमा लड्डु  खोज्दै सत्ता गठबन्धनको कम्युनिष्ट घटक 

साउन  ४,२०७९

 

वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुले नेपाली कांग्रेससँग नाम मात्रको गठबन्धन गरेर गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकतामा जोड दिएका छन । आउँदो चुनावमा संभव भएसम्मका ठाउँहरुमा कांग्रेससँग तालमेल गर्ने, बाँकी ठाउँमा वाम शक्तिबीच गठबन्धन गर्ने विषयमा एक किसिमको सहमती गरेका छन् ।

वामपन्थी दलहरुले धोका दिन सक्छन् भनेर नै कांग्रेसले हतार हतार गठबन्धनसहित चुनावमा जाने निर्णय गरेको थियो, नभन्दै अहिले उनीहरु वाम गठबन्धनलाई पनि सँगै लाने भनेर अगाडि बढेका छन् ।

उनीहरूले बनाउन लागेको उक्त मोर्चामा जसपा, राष्ट्रिय जनमोर्चा, वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा राष्ट्रिय एकता अभियान, बाबुराम भट्टराईको नेतृत्वमा बन्ने नयाँ पार्टी पनि सहभागी हुनेछन् । आवश्यक पर्यो भने एमालेलाई पनि सामेल गराउने उनीहरुको रणनीति छ । तर,एमालेले त्यस किसिमको मोर्चाको नेतृत्व गर्ने स्थिति आए आफूले गर्ने भन्दै आएको छ ।

गठबन्धनका कम्युनिष्ट घटकहरुले आसन्न निर्वाचनमा स्थानीय तहको निर्वाचनमा भएको जस्तो कमिकमजोरीलाई दोहोरिन दिने गरी तयारी गरिरहेका छन् ।वर्तमान गठबन्धनलाई निरन्तरता दिने बारेमा कसैको पनि विमति नरहेको भए पनि कांग्रेससँग गठबन्धन नै गर्ने कि तालमेलमात्रै गर्ने भन्ने विषयमा निर्णयमा पुगिनसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा विचार मिल्नेहरुबीच एकता गरेर जाने बताए ।

स्थानीय तहको निर्वाचनलाई भन्न त गठबन्धन भनियो तर त्यो तालमेलमात्रै थियो ।यद्यपि नेपाली कांग्रेससँग गठबन्धन नै गर्ने कि तालमेलमात्रै गर्ने भन्ने विषयमा निर्णयमा पुगिनसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

केन्द्रका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धनलाई कायम राख्दै वामपन्थी शक्ति मिलेर जाने विषयमा जोडदिएका छन् । यद्यपि वाम गठबन्धन कसरी अघि बढाउने भन्ने विषयमा प्रस्ताव तयार पार्न बनेको अनौपचारिक कार्यदलले प्रस्तावको खाका अन्तिम चरणमा पुर्यानएको छ ।

  • प्रकाशित मिति : साउन ४, २०७९, बुधवार ०५:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८