• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

  • खबरदाता

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

साउन ३,२०७९

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

मंगलबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच करिब एक घन्टा लामो छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटवार्तामा प्रचण्डको भारत भ्रमण, समाजवादी केन्द्रको गठन, आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘अध्यक्ष र बाबुराम भट्टराईबीच करिब १ घन्टा लामो छलफल भयो। छलफल सकारात्मक भएको छ।’

पार्टी फुटाउने प्रयास गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले डा।भट्टराईलाई कारबाही गरेको छ।

हाल उनी पार्टी पुनर्गठनको तयारीमा जुटेका छन्।

  • प्रकाशित मिति : साउन ३, २०७९, मंगलवार १६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८