• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

पत्रकार कुट्ने विद्युत प्राधिकरण भरतपुरका ७ कर्मचारी पक्राउ

  • खबरदाता

पत्रकार कुट्ने विद्युत प्राधिकरण भरतपुरका ७ कर्मचारी पक्राउ

असार ३२,२०७९

 

पत्रकारलाइ हातपात गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका ७ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यलाइ कुटपिट गरेको आरोपमाती कर्मचारीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यालय भित्रै रक्सी पार्टी चलिरहेको भन्ने सूचनाका आधारमा पुगेका पत्रकार आचार्यलाई शुक्रबार साँझ मदिरामा लठ्ठिएका कर्मचारीले कुटपिट गरेका थिए ।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले सांघातिक आक्रमण गरेका हुन् । उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए।

कुटपिटमा संलग्न कर्मचारीविरुद्ध पत्रकार आचार्यको परिवारले किटानी जाहेरी दिने तयारी गरेको छ । आचार्य सञ्चारपत्र दैनिकका प्रकाशक पनि हुन् ।

  • प्रकाशित मिति : असार ३२, २०७९, शनिवार १३:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८