• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनचाँदीको मूल्यमा गिरावट

  • खबरदाता

सुनचाँदीको मूल्यमा गिरावट

असार २९, २०७९

 

बिहीबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको कारोबार मूल्य ९२ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य तोलामा ९१ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तोलामा ९२ हजार ८ सय रुपैयाँमा छापावाल र ९२ हजार तीन सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

 

 

  • प्रकाशित मिति : असार २९, २०७९, बुधवार १३:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८